समाज


क्वारेन्टिनमा बसेकी युवतीले जन्माइन् मृत शिशु

क्वारेन्टिनमा बसेकी युवतीले जन्माइन् मृत शिशु

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ६:१६,

उदयपुरबाट आएर ओखलढुंगाको रामपुरमा क्वारेन्टिनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन्।

मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टिनमा बसेकै बेला बच्चा जन्माएकी हुन्।

मंगलबार साँझ क्वारेन्टिनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो। केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए। शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ।

‘अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टिनमा राख्ने भनेर ल्याइयो। भोलिपल्ट बच्चा पो जन्मियो। समय नपुगी जन्मिएर होला शिशु खासै स्वस्थजस्तो थिएन’, उनले भने, ‘मृत शिशु प्रहरीको जिम्मा लगायौैँ र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्पतालमा सिफारिस गरिएको छ।’ क्वारेन्टिनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ। रक्तस्रावको केही समस्या भए पनि युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

कोरोनाको डरले शिशुको शव परीक्षण भने गरिएको छैन। आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकाले कोरोनाको संक्रमण हुनसक्ने डरले परीक्षण नगरेको बुझिएको छ। शिशुको शव परीक्षण गरे÷नगरेको विषयमा इलाका प्रहरी कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले कुनै प्रतिक्रिया दिएनन्। ‘अविवाहित भनिएकी युवतीले मृत शिशु जन्माएकी हुन्। अहिलेलाई यत्ति भनौँ। शिशुको शव परीक्षणलगायतका कुरा पछि गरौँला नत्र माथिल्लो निकायमा सोध्नुस्’, प्रहरी निरीक्षक राईले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad