कारोबार


अनलाइन प्रशिक्षकका लागि ग्लोकल स्कुलले खोल्यो आवेदन

अनलाइन प्रशिक्षकका लागि ग्लोकल स्कुलले खोल्यो आवेदन

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ६:३३,

ग्लोकल आफ्टर स्कूलले ‘कनेक्टिङ द डट्स बिट्विन द स्किल्स’ विषयमा अनलाइन प्रशिक्षक हुनको लागि आवेदन खुल्ला गरेको छ।

स्कूलले विभिन्न विषयमा ज्ञान र विशेषज्ञता भएका व्यक्तिहरूले आफूसँग भएको ज्ञान र सीप अरुलाई सिकाउनको लागि एक मञ्च रुपमा यसको सुरुवात गरेको जनाएको छ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो मञ्च निर्माण गर्नुको मुख्य उद्देश्य भनेको प्रशिक्षक र कुनै क्षेत्रको ज्ञान र सीप प्राप्त गर्न खोजिरहनुभएको व्यक्तिहरुलाई साथ ल्याएर सीप र ज्ञानको अदानप्रदान गर्नु हो।’

स्कुलले हरेक अनलाइन प्रशिक्षणपछि प्रशिक्षकले त्यो कोर्सबाट उठेको रकम पाउने पनि उल्लेख गरेको छ। स्कुलका अनुसार पैसा कमाउने सँगसँगै आफूसँग भएको ज्ञान र सीप पनि अरुलाई प्रदान गर्ने लक्ष्य राखिएको छ।

ग्लोकल प्रालिका कार्यकारी निर्देशक अशिस ठाकुरले अनलाइन ट्रेनर बन्ने विचारको पहल गर्नुको पछाडिको मुख्य उद्देश्य भनेको अरुसँग कुराकानी गर्नु, ज्ञान र सीप साझा गर्नु रहेको बताए।

उनले भने, ‘हामी विश्वास गर्दछौं कि यो प्लेटफर्मले आत्मविश्वास बढाउन, उत्प्रेरित हुर्न, सीप वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। अनलाइन प्रशिक्षण आजको जीवनमा महत्त्वपूर्ण पक्ष भएको छ र हामीले यो सुरु गरेको कुरामाध्यान केन्द्रित गर्न चाहन्छौँ।’

अनलाइनप्रशिक्षकहरूको लागि इच्छुक उम्मेदवारहरूले पाठ्यक्रम व्यवस्थित गर्नुपर्नेछ। अनलाइन प्रशिक्षकका लागि समूहमा आफ्नो तर्क राख्न सक्ने अनुभव भएको, अनलाइन मञ्चबाट आफ्नो ज्ञान दिन सक्ने अभ्यास भएको र उचित संगठित पाठ्यक्रम विकास गर्न सक्ने क्षमता भएको योग्यता पनि तोकिएको छ। इच्छुकहरुले स्कुलको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्)बाट रजिष्टर्ड गर्नसक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad