नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम आज (असोज २७ गते) समापन भएको छ। तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका तालिम केन्द्र सहित विभिन्न १९ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी २,१०२ जना पुरुष तथा ३४९ जना महिला गरी कुल २,४५१ जना सैन्यहरू दीक्षित भएका छन्।
तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रम अन्तर्गत श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाह लगायत विभिन्न तालिम केन्द्र, पृतना, बाहिनी तथा गणरगुल्महरूमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरूले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए।
सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधिहरू, सरकारी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।



Shares

प्रतिक्रिया