बाँकेमा पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ।
बिहीबार साँझ बैजनाथ गाउँपालिका २ पितमारीका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको हो।
पौडी खेल्नेक्रममा एकै गाउँका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।
मृत्यु हुनेमा १२ वर्षीय नरेश कुँवर, १२ वर्षकै ननिल रावत र १३ वर्षका नवीन परियार छन्।
बालकहरुलाई पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रतिक्रिया