समाज


ललितपुरमा बढी मूल्यमा नुन बेच्नेलाई दुई लाख जरिवाना

ललितपुरमा बढी मूल्यमा नुन बेच्नेलाई दुई लाख जरिवाना

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार २:२०,

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी मूल्य लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि ललितपुरको इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग बढी मूल्य लिएर नुन बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ।

त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई ५०-५० हजार जरिवाना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .