समाज


१४ वर्षीय किशोरमा कोरोना पुष्टि भएपछि सर्लाहीको धनकौल गाउँपालिका सिल

१४ वर्षीय किशोरमा कोरोना पुष्टि भएपछि सर्लाहीको धनकौल गाउँपालिका सिल

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १:३८,

१४ वर्षीय किशोरमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले सर्लाहीको धनकौल गाउँपालिकालाई सिल गरेको छ।

जनकपुरमा परीक्षण गर्दा संक्रमण नदेखिएका धनकौल ५ का १४ वर्षीय किशोरको काठमाडौंमा पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण देखिएको थियो।

ती बालकलाई ५ वैशाखमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो। त्यस लगत्तै उनलाई पीसीआर विधिबाट स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। त्यहाँ बालकमा कोरोना संक्रमण नदेखिएको भन्दै घर पठाइएको थियो।

लकडाउनको बेला २३ चैतमा उनी भारतको दिल्लीबाट घर आएका थिए। जनकपुरमा परीक्षण गर्दा कोरोना नदेखिए पनि थप परीक्षण गर्ने भन्दै स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा टेकु ल्याइएको थियो। टेकुमा गरिएको परीक्षणमा बालकमा कोरोना संक्रमण पुष्टि भएको हो।

धनकौल सर्लाहीको दक्षिण-पश्चिम क्षेत्रमा पर्छ। बालकमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार साँझदेखि नै धनकौला गाउँलाई सील गरिएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिए।

‘अहिले धनकौलमा आवतजावत बन्द गरेका छौँ, नाकानाकामा प्रहरी तैनाथ गरेर अत्यावश्यक काम हुनेलाई मात्र हिँड्न दिइएको छ,’ एसपी पोखरेलले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘बालकको परिवारका पाँच जना आफन्तलाई पनि क्वारेन्टाइनमा राखेका छौँ।’

उनले बालक घरमा बस्दा पनि सेल्फ क्वारेन्टाइनमै बसेको पाइएको बताए। ‘बालक हरकठ्वाको क्वारेन्टाइनबाट घर गएपछि पनि सेल्फ क्वारेन्टाइनमै बसेका रहेछन्,’ उनले भने।

संक्रमित बालक भारतको दिल्लीमा रहेको एक ब्याग फ्याट्रीमा काम गर्थे। उनी लक डाउनकै बेला रौतहटको गौर हुँदै घर आएको जानकारी पाएपछि प्रहरीले हरकठवास्थित क्वारेन्टाइनमा लगेर राखेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad