समाज


न्युयोर्कको सबैभन्दा ठूलो स्वास्थ्य संस्थामा भेन्टिलेटरमा राखिएका लगभग सबै कोरोना संक्रमितको मृत्यु

न्युयोर्कको सबैभन्दा ठूलो स्वास्थ्य संस्थामा भेन्टिलेटरमा राखिएका लगभग सबै कोरोना संक्रमितको मृत्यु

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १५:५३,

न्युयोर्कको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रणालीमा भेन्टिलेटरको आवश्यकता परेका लगभग सबै कोरोना संक्रमित बिरामीको मृत्यु भएको एक अध्ययनले देखाएको छ।

नर्थवेल हेल्थ नामक सो स्वास्थ्य सेवा प्रदायक नेटवर्कमा उपचार गराएकामध्ये २० प्रतिशतको मृत्यु भएको थियो। त्यस्तै भेन्टिलेटर लगाइएकामध्ये ८८ प्रतिशत बिरामीको मृत्यु भएको हो।

बिरामी आफैँले सास फेर्न गाह्रो हुन थालेपछि भेन्टिलेटर लगाइन्छ।

अध्ययनमा नर्थवेल हेल्थमा भर्ना भएका ५ हजार ७ सय बिरामीको तथ्यांक हेरिएको थियो। अध्ययनमा समेटिएकामध्ये १२ प्रतिशतलाई मात्र भेन्टिलेटरको आवश्यकता परेको थियो। सो अध्ययन अमेरिकन मेडिकल एसोसियसनको जर्नलमा प्रकाशित छ। 

भाइरसबाट गम्भीर बिरामी पर्नेमध्ये ५७ प्रतिशतलाई उच्च रक्तचाप, ४१ प्रतिशतलाई मोटोपन र ३४ प्रतिशतले मधुमेहको समस्या थियो। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .