समाज


भारतमा कोरोनाले मृत्यु भएकाको संख्या ७ सय, संक्रमित साढे २१ हजार

भारतमा कोरोनाले मृत्यु भएकाको संख्या ७ सय, संक्रमित साढे २१ हजार

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १६:३,

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको संख्या करिब ७ सय पुगेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण भारतमा ६ सय ८६ जनाको मृत्यु भएको हो। त्यसैगरी संक्रमितको संख्या २१ हजार ७ सय पुगेको छ।

तीमध्ये ४३ सयभन्दा बढी मानिस निको भएको मन्त्रालयले जानकारी दिएको छ। 

पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ।

त्यहाँ मात्रै अढाई सयभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ५ हजार ६०० भन्दा बढी संक्रमित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .