पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा ट्रकक्रेनको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ।
सडक निर्माणका लागि सिङ्गापुरबाट ल्याइएको ट्रकक्रेनले वृद्धलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रकक्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको हो।
बेहाई पुल नजिक (डोजर) स्काभेटर बोकेर पूर्वबाट पश्चिमतर्फ पछाडि सार्दै गरेको ट्रकक्रेनले सोही दिशाबाट साइकलमा जाँदै गरेका चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो।
87
Shares

प्रतिक्रिया