झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कनकाई माई खोलामा फेला परेको अज्ञात पुरुषको शवको पहिचान खुलेको छ।
आइतबार खोला डिलमा करिब ६०-६५ वर्ष उमेरको पहाडी मूलका जस्तो देखिने एक पुरुष घोप्टो अवस्थामा मृत फेला परेका थिए।
घटनापछि प्रहरीले प्रारम्भिक रूपमा मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको जनाएको थियो। मृतक इलाम नगरपालिका–१० गोदक निवासी करिब ७० वर्षीय गर्जमान तामाङ भएको प्रहरीले जनाएको छ।
63
Shares

प्रतिक्रिया