समाज


बिर्तामोड बस दुर्घटनामा घाइते चालकको उपचारका क्रममा मृत्यु

बिर्तामोड बस दुर्घटनामा घाइते चालकको उपचारका क्रममा मृत्यु

नेपालखबर
असोज २०, २०८२ सोमबार १४:२०, विराटनगर

झापाको बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टि-स्टेट अगाडिको पूर्व–पश्चिम राजमार्गमा केही दिनअघि भएको बस दुर्घटनाका घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ।

असोज १६ गते बिहान विराटनगरबाट काकडभिट्टा तर्फ जाँदै गरेको सगरमाथा यातायातको यात्रुबाहक बस (प्र १–०१–००१ ख ४४५९) आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बस चालक मोरङ  विराटनगर महानगरपालिका–२ निवासी ४५ वर्षीय मुकुन्द बीकेलाई उपचारका लागि बिएण्डसी अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारकै क्रममा मिति आज दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमै राखिएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad