समाज


पूर्वपश्चिम राजमार्गमा २९ घण्टापछि चल्न थाले गाडी

पूर्वपश्चिम राजमार्गमा २९ घण्टापछि चल्न थाले गाडी

नेपालखबर
असोज २०, २०८२ सोमबार १४:२५, विराटनगर

पश्चिम राजमार्गअन्तर्गत झापामा अवरुद्ध भएको सडक सुचारु भएको छ। झापाको शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना (भालु) खोलामा आएको बाढीका कारण कलबर्ट बगाउँदा सडक अवरुद्ध भएको थियो। 

अवरुद्ध सडक खुलाउन झन्डै २९ घण्टा लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। असोज १९ गते बिहान करिब ६:१५ बजे, खोलामा पानीको बहाव बढेपछि ह्युम पाइपले निर्माण गरिएको ड्राइभर्सनको माटो कटान भई राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

राजमार्ग अवरुद्ध भएपछि सवारी आवागमन ठप्प बनेका थिए। सम्बन्धित निकायको पहलमा लगातारको मर्मतपछि बिहान ११ बजेदेखि पूर्वपश्चिम राजमार्ग दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad