हाल (आइतबार साँझ) कोसी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज रातभर कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।
यस क्रममा कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
अनि मधेस प्रदेशलगायत कोसी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
867
Shares

प्रतिक्रिया