समाज


मुग्लिन-नारायणगढ सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न तीन जिल्ला प्रशासनको आग्रह

मुग्लिन-नारायणगढ सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न तीन जिल्ला प्रशासनको आग्रह

फाइल फोटो


नेपालखबर
असोज १७, २०८२ शुक्रबार १७:२६, काठमाडौँ

उपत्यका बाहिरबाट राजधानी भित्रने मुख्य सडक नारायणगढ– मुग्लिन सडक तथा पृथ्वी राजमार्गमा अत्यावश्यक बाहेक यात्रा नगर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन्। 

जिल्ला प्रशासन कार्यालय तनहुँ, धादिङ र चितवनले संयुक्त सूचना प्रकाशित गरी भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी २० गते) सम्म अत्यावश्यकबाहेक यात्रा नगर्न, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्नेगरी गर्न तथा रातको समयमा यात्रा नगर्न’ आग्रह गरेका हुन् 

पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तीज जिल्ला प्रशासनद्वारा जारी संयुक्त सूचनामा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। सोही कारण प्रशासनले संयमित भएर यात्रा गर्न अनुरोध गरेका हुन्। 

सो समयमा अत्यावश्यकबाहेक मालवाहक ठूला सवारिसाधन नचलाउन पनि आग्रह गरिएको छ। 

पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने चेतावनीसमेत दिइएको छ।

सडकको अवस्थालगायत विषयमा गुनासो एवं थप जानकारीका लागि तीनवटै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् ट्रापिक प्रहरी अधिकारीको सम्पर्क नम्बर सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad