तिला गाउँपालिकाले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको छ। पालिका क्षेत्रका पाँचवटा सडक निर्माणका निम्ति बोलपत्र आह्वान गरिएको छ।
सङ्घीय सरकारको समपूरक बजेटबाट गाउँपालिकाका पाँचवटा सडक बनाउन बोलपत्र आह्वान गरिएको गाउँपालिकाका इञ्जिनियर सुरेन्द्रसिंह साउदले जानकारी दिए।
गाउँपालिकाको-१ सेरीबजार-रारा गाउँहुँदै वासथाप्लासम्म सडक स्तरोन्नति, वडा नं ३ को कुडारी काटेपुलदेखि-लौरुसम्म ग्रामीण कृषि सडक निर्माण, वडा नंं ६, ७, ८ र ९ को ग्रामीण कृषि सडकअन्तर्गत राँसादेखी घोडेसुडी-मानेचौर राँसा हुँदै खोप्री कयरकोट तथा वडा नं ३ र ५ अन्तर्गत कुडारीदेखि डुङ्गरिसम्मको सडक स्तरोन्नति लागि बोलपत्र आह्वान गरिएको हो।
गाउँपालिकाको नौली घट्टदेखि कुलापाटासम्म तटबन्धन पनि निर्माण गरिने जानकारी उनले दिए।
Shares

प्रतिक्रिया