समाज


झापामा चट्याङ लागेर महिलाको मृत्यु

झापामा चट्याङ लागेर महिलाको मृत्यु

नेपालखबर
असोज १५, २०८२ बुधबार १४:५९, सुरुङ्गा (झापा)

चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो। 

आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिइन्। मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गए बेला चट्याङ लागेको प्रहरीले जनाएको छ। घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उनको बाटोमा नै मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad