समाज


९० लाखको लागतमा प्रहरी कार्यालय पुनर्निर्माण

९० लाखको लागतमा प्रहरी कार्यालय पुनर्निर्माण

नेपालखबर
असोज १५, २०८२ बुधबार १३:३०, बिर्तामोड

जेन्जी आन्दोलनमा भग्नावशेषमा परिणत भएका यहाँस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका भवन ९० लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको छ। 

दुवै भवनको आज यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गरिएको छ। त्यस अवसरमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ र ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलसहितको टोलीलाई नगरवासीले फूलमालासहित टोलीलाई अभिनन्दन गरेका थिए। 

त्यसअघि प्रहरीहरूका साथ नगरप्रमुख पवित्रा महतरा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, महासङ्घ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटीलगायत नगरवासीको टोलीले नगर परिक्रमा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad