राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको नवौँ दिन नवकन्याहरूको पूजा गरेका छन्।
बुधबार महानवमीको अवसर पारेर राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका हुन्।
दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ।
विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २, ३, ४, ५, ६, ७, ८ र ९ वर्षकी कन्याको पूजा गर्ने प्रचलन छ।
वैदिक सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरूको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरूलाई नवदुर्गाको प्रतीक मानेर पूजा गर्ने चलन बढ्दै गएको छ।
यसैक्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन श्रीमतीका साथ शितलनिवासमा नवकन्याहरूको पूजा गरेका हुन्।



Shares

प्रतिक्रिया