सरकारले चाडवाडको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँ सुचारु गर्न निर्देशन दिएको छ।
नेपालीहरुको महान पर्व विजया दशमीको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँ सुचारु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य संस्थाहरूमा कुनैपनि अत्यावश्यक सेवा आवश्यक पर्ने, बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने, सेवालाई असर नपरोस् र निरन्तर रहोस् भन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना स्वास्थ्य संस्थाहरुलाई सधैँ सेवाहरु सुचारु राख्न निर्देशन दिएको बताए।
अस्पतालमा हुने आपत्कालीन मेडिकल टिम, एम्बुलेन्स सर्भिस र एम्बुलेन्सहरूको नेटवर्किङलाई निरन्तर राखिरहन र स्वास्य मन्त्रालयअन्तर्गत गुनासो सुन्ने हटलाइन पनि सुचारु राखेको जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई अत्यावश्यक पर्नसक्छ भनेर जेनजी क्लिनिक पनि सुचारु गरेको जानकारी दिए।
उनले भने, ‘नेपालीहरूको महान चाडमा स्वास्थ्य संस्थाहरूमा कुनैपनि अत्यावश्यक सेवा आवश्यक पर्ने, बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने, सेवालाई असर नपरोस् र निरन्तर रहोस् भन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना स्वास्थ्य संस्थाहरुलाई आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँझैँ सुचारु गर्न अनुरोध गरेको छ। अस्पतालमा हुने आपत्कालीन मेडिकल टिम, एम्बुलेन्स सर्भिस र हाम्रो एम्बुलेन्सहरुको नेटवर्किङलाई निरन्तर राखिरहन र स्वास्य मन्त्रालयअन्तर्गत गुनासो सुन्ने हटलाइन पनि सुचारु राखेका छौँ। जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई अत्यावश्यक पर्नसक्छ भनेर जेन जी क्लिनिक पनि सुचारु गरेका छौँ।’
प्रवक्ता बुढाथोकीले चाडवाडको बेलामा खानपानमा विशेष ध्यान दिन पनि आग्रह गरे।
Shares

प्रतिक्रिया