समाज


देउवाका साला भूषण राणाको घरमा सीआईबीको छापा

देउवाका साला भूषण राणाको घरमा सीआईबीको छापा

भूषण राणा र आरजु राणा


नेपालखबर
असोज १२, २०८२ आइतबार २२:८, काठमाडौँ

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छापा मारेको छ।

भूषण देउवापत्नी आरजु राणाका भाइ हुन्। उनको जावलाखेलस्थित घरमा प्रहरीले छापा मारेको हो। भूषण राज्यका विभिन्न निकायबाट हुने ठूला खरिद र नियुक्तिहरूमा चलखेल गर्ने व्यक्तिका रूपमा परिचित छन्।  

देउवाको बूढानीलकण्ठस्थित घरमा जेनजी प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते ठूलो मात्रामा नगद तथा बहुमूल्य सामग्री भेटिएको थियो। 

सरकारले सीआईबी प्रमुखको जिम्मेवारी अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसीलाई दिएपछि शंकास्पद व्यक्तिहरू निगरानीमा छन्। 

केसी उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख छँदा नै बहुचर्चित भुटानी शरणार्थी प्रकरणको छानबिन अघि बढेको थियो। 

गृहमन्त्री ओमप्रकाश अर्यालले केही दिनअघि सीआईबीमै पुगेर राजनीतिक दबाबमा रोकिएका अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad