समाज


भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ११:११,

गएको २४ घण्टामा भारतमा एक हजार ३८३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

यससँगै भारतमा हालसम्म २० लाख १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीमध्ये भारतमा हालसम्म ६४५ को मृत्यु भइसकेको छ भने ३ हजार ९७६ उपचारपछि स्वस्थ बनेका छन्।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्न बन्दाबन्दी लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ।

यसैबीच भारतले चीनको र्यापिड टेस्ट किटको प्रयोग नगर्ने बताएको छ। गलत रिपोर्ट दिन थालेपछि अर्को सूचना नआइन्जेल यो किट प्रयोग नगर्ने भरतले बताएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .