समाज


लुटिएका हतियार असोजभित्र नबुझाए कारबाही हुन्छ: गृहमन्त्रालय

लुटिएका हतियार असोजभित्र नबुझाए कारबाही हुन्छ: गृहमन्त्रालय

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८२ शुक्रबार ८:१२, काठमाडौँ

जेनजी आन्दोनलको क्रममा सुरक्षाकर्मीबाट लुटिएमा हातहतियार यही असोज मसान्तसम्म बुझाउन गृहमन्त्रालयले अनुरोध गरेको छ। 

गृह मन्त्रालयले सूचना जारी गर्दै जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट हराएका हातहतियार र खरखजाना फेला परे नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो।

‘असोज मसान्तभित्र त्यस्ता हतियार तथा खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिनेसमेत सबैमा अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘सो मिति पश्चात कोही कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुन बमोजिक कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ।’

गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरका सयौँ प्रहरी र कार्यालयमा आगजनीसँगै हतियार र खरखजाना लुटपाट भएको थियो। त्यसक्रममा प्रहरीतर्फ तीन जनाको मृत्युसमेत भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad