ग्लोबल


यमनमा इजरायलले गर्‍यो ‘अहिलेसम्मकै ठूलो हमला’

यमनमा इजरायलले गर्‍यो ‘अहिलेसम्मकै ठूलो हमला’

इजरायली आक्रमणपछि यमनको राजधानी सानाका धेरै स्थानमा धुवाँ उडिरहेको देखिएको छ।


नेपालखबर
असोज १०, २०८२ शुक्रबार ८:१०, काठमाडौँ

इजरायली सेनाले आफ्नो वायुसेनाले यमनमा ‘अहिलेसम्मकै ठूलो हमला’ गरेको दाबी गरेको छ। 

यो हुथी विद्रोहीहरूले बारम्बार गरेको ड्रोन र मिसाइल आक्रमणको प्रतिक्रियामा भएको इजरायली सेनाको भनाइ छ।

इजरायली रक्षा बलले राजधानी सानामा दर्जनौँ विमानले हुथी सुरक्षा तथा गुप्तचर सेवा र सैन्य लक्ष्यमा बमबारी गरेको रिपोर्ट गरेको छ।

हुथी सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलद्वारा गरिएको आक्रमणलाई ‘क्रूर अपराध’ भनेको छ। 

मन्त्रालयले भनेको छ- आक्रमणले नागरिक र आवासीय भवनहरूलाई निसाना बनाएको थियो, जसमा आठ जनाको मृत्यु भएको छ।

इजरायलद्वारा गरिएको यो आक्रमण इजरायली रेड सी रिसोर्ट इलातमा २२ जना घाइते भएको एक दिनपछि भएको हो।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad