बाजुराको बडिमालिका नगरपालिका-३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय ईश्वरी खड्काका १४ वर्षीय छोरा रवीन्द्र खड्का र ११ वर्षीय लोकेन्द्र खड्का र सोही गाउँका कर्ण खड्काका नौ वर्षीय छोरा देवेन्द्र खड्का छन्।
घाइते तीन बालकको अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ। घाइतेमध्ये लोकेन्द्रको अवस्था गम्भीर रहेको वडाध्यक्ष वीरबहादुर रावलले जानकारी दिए।
मंगलबार दिउँसो घर नजिकै रातोमाटो खन्ने क्रममा ढिस्को खस्दा उनीहरु पुरिएका थिए।
गम्भीर घाइते बालकको जिल्ला अस्पतालबाट थप उपचारका लागि बयालपाटा अस्पताल रेफर गरिएको छ।
बालकहरुलाई स्थानीयवासीले माटोबाट निकालेर जिल्ला अस्पताल पुर्याएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रतिक्रिया