राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी प्रदर्शनमा क्षतिग्रस्त भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले परीक्षण बिनै रङ्गरोगन गरी प्रयोग गर्दा झन् जोखिम हुनसक्ने भएकाले प्राविधिक परीक्षणबाट उपयुक्त छ भन्ने यकिन भएपछि मात्रै प्रयोग गर्न अनुरोध गरिएको जानकारी दिए।
उनले बढी क्षति भएका संरचनाको भने संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्गरोगन नगर्न र नगराउन पनि अनुरोध गरिएको बताए।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘बढी क्षति भएका भवनको संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्ग रोगनसमेत नगर्नु/नगराउनु हुन आग्रह गर्दछौँ।’
प्रहरीको प्रारम्भिक विवरणमा जेनजी प्रदर्शनमा ६०० भन्दा बढी भवन पूर्णरूपमा जलेर नष्ट भएको छ भने एक हजार ५०० बढी भवनमा आंशिक क्षति पुगेको छ।
प्राधिकरणले क्षतिको मूल्याङ्कनका लागि प्रारुप तयार पार्न सरोकारवाला निकायको सहभागितामा समिति गठन गरेर काम थालिसकेको जनाएको छ। रासस
Shares

प्रतिक्रिया