दार्जिलिङमा अविरल वर्षासँगै आएको पहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन्।
आइतबार बिहान साढे २ बजे सुकेपोखरी नजिक पुबुङ फाटकमा आएको पहिरोमा परी कारण जनाले ज्यान गुमाएका छन्। पहिरोमा पुरिएर ज्यान गुमाउनेहरुमा ६० वर्षीय कुमार लोप्चन ५५ वर्षीया बालकुमारी लोप्चन छन्। उनीहरू पति–पत्नी हुन्। सो क्षेत्रमा शनिबार दिउँसोदेखि निरन्तर रुपमा पानी परिरहेको स्थानीयले बताएका छन्।
जोरबङ्ग्लो प्रहरी चौकीका अनुसार घर माथिबाट आएको पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको हो। पहिरोको खवर पाउनासाथ जोरबङ्ग्लो प्रहरी चौकीको एक टोली र अग्निशमन विभागका कर्मचारीहरू टोली बिहानै घटनास्थल पुगेको थियो।
पहिरोमा पुरिका दम्पतीलाई उद्धार टोलीले निकालेर दार्जिलिङ सदर अस्पताल पुऱ्याएको थियो। अस्पतालमा पु¥याउनासाथ डाक्टरहरूले लोप्चन दम्पतीलाई मृत घोषित गरेका थिए।
त्यस्तै अविरल वर्षाकै कारण दार्जिलिङ शहरदेखि सुदूरमा पर्ने रिम्बिक–लोधोमा क्षेत्रमा पनि घेरुै ठाउँमा साना ठूला पहिरो गएका छन्। पहिरोका कारण त्यस क्षेत्रका झण्डै एक दर्जन घरहरुमा क्षति पुगेको बताइएको छ। क्षतिको विवराण् भने आउन बाँकी नै छ।

प्रतिक्रिया