समाज


नक्खु कारागारबाट भागेका कैदी श्रीमतीको हत्या गरेर फरार

नक्खु कारागारबाट भागेका कैदी श्रीमतीको हत्या गरेर फरार

फाइल फोटो


नेपालखबर
असोज ५, २०८२ आइतबार १५:५७, काठमाडौँ

ललितपुरको नक्खु कारागारबाट भदौ २४ गते फरार भएका एक कैदीले श्रीमतीको हत्या गरेर पुरेको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले घटनाको जानकारी आएपछि अहिले प्रहरी पुगेर शव खोतलिरहेको बताए। 

काभ्रेको पनौती नगरपालिका १२ गागलकी अन्दाजी ३० वर्षीया मनीषा घेवा तामाङ ३ दिनदेखि बेपत्ता थिइन्। घर नजिकै बारीमा पुरेको अवस्थामा मनीषाको शव फेला परेको पनौती १२ का वडाध्यक्ष जयराम केसीले बताए। 

‘मनिषा ३ दिनदेखि हराइरहेकी थिइन्। घर नजिकै पुरेको अवस्थामा शव फेला परेको छ। बाहिर चप्पल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए’, वडाध्यक्ष केसीले नेपालखबरसँग भने। 

उनका श्रीमान सन्तबहादुर तामाङ फरार छन्। सन्तबहादुर यसअघि बलात्कारको आरोपमा ४ वर्षदेखि नक्खू कारागारमा थिए। तर भदौ २४ गते जेल तोडेर रास्वपाका सभापति रवि लामिछानेसँगै फरार भएका थिए। लामिछाने फेरि जेल फर्किए पनि आधाभन्दा बढी कैदीबन्दै अझै बाहिरै छन्। 

सन्तबहादुर र उनकी श्रीमतीबीच जेलबाट फर्किएपछि झगडा भएको स्थानीयले प्रहरीलाई बताएका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी शाहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad