समाज


आज एकैदिन उदयपुरकै ९ जनामा कोरोना संक्रमण पुष्टि

आज एकैदिन उदयपुरकै ९ जनामा कोरोना संक्रमण पुष्टि

मणि दाहाल
बैशाख ९, २०७७ मंगलबार १२:२६,

यसअघि १३ जना कोरोना संक्रमित भेटिएको उदयपुरका थप ९ जनामा संक्रमण पुष्टि भएको छ।

वीपी कोइराला अस्पताल धरानमा पीसीआर बिधिबाट गरिएको परीक्षणमा ८ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाै‌ंमा गरिएकाे परीक्षणमा १ जना गरी ९ जनाकाे आजै संक्रमण पुष्टि भएकाे हाे।

‘वीपी कोइराला अस्पताल धरानमा पीसीआर बिधिबाट गरिएको परीक्षण आज ८ जनामा कोरोना पुष्टि भएको जानकारी हामीलाई आएको छ। योसँगै उदयपुरमा संक्रमितको संख्या २२ पुगेको छ,’ प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले नेपालखबरसँग भने, ‘यसअघि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको संक्रमित छुट्टै हुन्। उनको राष्ट्रिय प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो।’

सोमबारकै नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरमा थप एकजनामा संक्रमण पुष्टि भएको बताएका थिए।

त्यसअघि सोहि जिल्लामा १३ जना संक्रमित भेटिएका छन्।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४० जना पुगेको छ। तीमध्ये हालसम्म ५ जना निको भई घर फर्किसकेका छन्।

घिमिरेका अनुसार उदयपुरकाे भुल्केमा १२ जना स‌ंक्रमित भेटिएपछि त्यहाँका संक्रमितकाे सम्पर्कमा रहेका ६९ जनाकाे स्वाब (नमुना) स‌ंकलन गरी विराटनगरकाे काेशी अस्पतालमा परीक्षण गर्दा शंकास्पद् रिपार्ट आएपछि वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप परीक्षणका लागि पठाइएकाे थियाे। तीमध्ये ८ मा संक्रमण देखिएकाे हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .