ad ad

समाज


एपीएफ टोलीद्वारा सालको गोलियासहित तीन जना पक्राउ

एपीएफ टोलीद्वारा सालको गोलियासहित तीन जना पक्राउ

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १२:२६,

सशस्त्र प्रहरीले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ६ बहत्तर बिघास्थित जंगलबाट करीब एक सय २० क्यूफिट सालको गोलिया काठसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४१ वर्षीय केशव खड्का, २४ वर्षीय अर्जुन लिम्बु र ३८ वर्षीय रोशन राई छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

सो ठाउँको जंगलबाट को २ त ९९९० नम्बरको ट्रयाक्टरमा राखेर अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त काठसहित उनीहरुलाई पक्राउ गरिएको हो। एपीएफ टोलीले त्यसवेला उक्त ट्रयाक्टर समेत बरामद गरेको छ। पक्राउ परेकाहरुलाई बरामद काठ तथा ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको छ।

लागूऔषधसहित पक्राउ
यता, धनुषा जिल्लाको मसुरनिया गाउँपालिका ६ स्थित मरनाघाट ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने रामकरण मण्डल र दिपक मण्डल छन्।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट ७५ वटा, स्पास्मो ७६ वटा र एक्जीप्लोक्सल ३० बोतल फेला परेपछि पक्राउ गरिएको हो। एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।

यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित दरैयाबाट डाईलेक्स डिसी नामक दुई बोतल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिराटगर महानगरपालिका बस्ने २९ वर्षीय आरिफ मिया र सोही महानगरपालिका ५ बस्ने २५ वर्षीय मोहमद सोनु छन्।

को ९ प ९३५६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .