सिन्धुलीकाे कमलामाई नगरपालिका ८ माइस्थान स्थित बीपी राजमार्गमा ट्रक र स्कार्पिओ आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन्।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सिन्धुलीबाट चपुरतर्फ आउँदै गरेको प्र.२-०३-००१ख ५१२९ नं. को ट्रक र विपरीत दिशा दुधौलीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा १६ च ८७९१ नं. को स्कारपियो एक आपसमा ठक्कर खाएका हुन्।
दुर्घटनामा घाइते स्कारपियोमा सवार सिन्धुलीकाे दुधौली ९ बस्ने वर्ष अं. ४८ को विनोद पन्जियार र सोही ठाउँका ४० वर्षीय सन्तोष नायकको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरेहको छ।
गम्भीर घाइते अनिल कपटी (निधार र कम्मरमा चोट) लाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ ल्याइएको छ।
ट्रकका चालक धनुषाको बृन्दावन नगरपालिका ७ बस्ने वर्ष अन्दाजी २२ को मन्तविर मन्सुर र स्कार्पियोका चालक दुधौली ९ बस्ने वर्ष २६ को सुशिल कुमार कपडीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया