समाज


राशिफल ३ असोज : मेषको काम बिग्रने, मकरले सजिलै अरूको मन जित्ने, तपाईँको के?

राशिफल ३ असोज : मेषको काम बिग्रने, मकरले सजिलै अरूको मन जित्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असोज ३, २०८२ शुक्रबार ४:४०, काठमाडौँ

आज शुक्रबार, ३ असोज २०८२ (१९ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: काम बिग्रने डर छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। राजनीतिक कार्यमा बाधा आउनेछ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला, तर शुभ कार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। घरपरिवारबाट सहयोग मिल्ला। ठिक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभकार्यमा सरिक भइएला। लामो यात्रा सुखद र सफल रहनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

मिथुन: भाग्यले विभिन्न अवसर जुराउनेछ। स्थान परिवर्तनको योग देखिन्छ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट: आयव्यय, सुखदुःख बराबरी हुने खालको समय रहेको छ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। नयाँ क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। असल भाव राख्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह: मनमा दुबिधा उत्पन्न हुनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। प्रेमी, आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न होला। औषधि उपचार खर्च बढ्न सक्छ। बेलुकीपख हौसला र उत्साह मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कन्या: रोकिएका काम पुनः सुरु हुन सक्छन्। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। लक्ष्मी प्रसन्न हुने योग छ। यात्रा कष्टकर हुन सक्छ सचेत रहनु होला। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न काम सम्पन्न हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका छ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक: सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छ। घर, जग्गा खरिद तथा बिक्रीको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

धनु: क्रोध, रिसराग र उत्तेजना नियन्त्रण गर्नु राम्रो हुनेछ। प्रेमी-प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। साँझमा वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: सजिलै अरूको मन जित्न सकिनेछ। रमाइलो र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आर्थिक कारोबारमा राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ: कुनै कुराले मनमा शान्ति छाउनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। लाभदायक यात्रा हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारबाट धनलाभ हुनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: नेतृत्वमा सबैको ध्यान तपाईँतर्फ सोझिनेछ। धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो होला। आजको मन्त्र- समानताको बाटोले सफलता दिलाउनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad