समाज


सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल

सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल

नेपालखबर
असोज २, २०८२ बिहिबार १७:१४, काठमाडौँ

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकार र निजी क्षेत्रको सहकार्यबाट जेन जी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण गरिने बताएका छन्। 

हिलटेक समूहले बिहीबार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। 
हिलटेक समूहले सरकारलाई १०० वटा पानी ट्याङ्की र ५०० वटा ट्राफिक कोन उपलब्ध गराएको छ। 

आन्दोलनका क्रममा धेरै क्षति भएको उल्लेख गर्दै उनले यसको छिट्टै पुनर्निर्माण सम्पन्न गरेर सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। त्यसको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको उनले बताए। उनले निजी क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताए।

पुनर्निर्माणमा सहयोग गर्न उनले निजी क्षेत्र र युवाहरूलाई आग्रह गरे। धेरै ठाउँहरूमा निजी क्षेत्रले स्वतःस्फुर्त रुपमा सरकारी कार्यलय तथा प्रहरी चौकीहरू पुनर्निर्माणमा सहयोग गरिरहेको पनि बताए। 

यस्तो छ उनको भनाइ 

निजी क्षेत्रले जुन खालको सहयोग गर्ने उत्साह देखाएको छ, धेरै ठाउँहरूमा यो प्रहरी चौकीहरू र सरकारी कार्यलयहरू स्वस्फुर्त हिसावमा चाहीँ बनाउने अभियान पनि सुरु भएको छ। काठमाडौँकै धेरै ठाउँहरूमा निजी क्षेत्रबाट जिम्मा लिएर पनि कामहरू भइरहेको छ। म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धेरै क्षति छ, तपाइँहरूले देखिरहनुभएको छ। म के आग्रह गर्न चाहन्छु भने। यसैगरी यो पुनर्निर्माण हामीले छिट्टै गर्नुपर्नेछ। सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेछ। यसलाई सबै क्षेत्रबाट विशेषगरी निजी क्षेत्रमा पनि क्षति छ, तर पनि सरकार र निजी क्षेत्रको समन्वयमा यो पुनर्निर्माणलाई चाहीँ छिटोभन्दा छिटो सक्नुपर्ने भएको हुनाले यसैगरी सहयोगका हातहरू बढाइदिन र सरकारसंग सहकार्य गरेर अगाडी बढ्नको लागी म सबैसंग आग्रह गर्न चाहन्छु। र विशेष गरी युवा पुस्ताहरूले जुन कुरा उठाइराख्नुभएको छ, उहाँहरूलाई पनि यो अभियानमा सरिक हुनको लागी सरकारको तर्फवाट म हार्दिक आग्रह गर्न चाहन्छु। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad