समाज


शिक्षा मन्त्रालयद्वारा बिदाको दिन पनि एनओसी जारी

शिक्षा मन्त्रालयद्वारा बिदाको दिन पनि एनओसी जारी

फाइल तस्बिर


नेपालखबर
असोज २, २०८२ बिहिबार ९:४१, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक बिदाको दिन पनि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गरेको छ। 

शिक्षा मन्त्रालय, एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार बुधबार सकारले सार्वजनिक बिदा दिएको भए पनि सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो।

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको शोकमा सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिएको थियो। 

वैदेशिक अध्ययनका लागि जान लागेका विद्यार्थीलाई अत्यावश्यक भएकाले विद्यार्थीकै अनुरोधमा बिदाको दिन पनि एनओसी जारी गरिएको हो। 

बुधबार एनओसी जारी, नयाँ आवेदन प्रमाणीकरणसहित ६ सय विद्यार्थीले सेवा लिएका छन्।

जेन जी आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएपछि सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम अब लैनचौरस्थित केशरमहलबाट हुने बताइएको छ।  एनओसी शाखा भने विगतदेखि नै केशरमहलमै सञ्चालन भइरहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad