समाज


राशिफल २९ भदौ: तुलाको घरमा अतिथिको आगमन, कुम्भलाई नयाँ अवसर, तपाईँको भाग्य कस्तो?

राशिफल २९ भदौ: तुलाको घरमा अतिथिको आगमन, कुम्भलाई नयाँ अवसर, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
भदौ २९, २०८२ आइतबार ४:४२, काठमाडौँ

आज आइतबार, २९ भदौ २०८२ (१४ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : गोपनीय ढंगले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रमणीय र सुखद् यात्राको योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्।  

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८ र वैदेशिक कार्यमा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ६१, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।    

वृष : समय मध्यम खालको छ। सानातिना समस्यामा अल्झनुपर्नेछ। शैक्षिक क्षेत्र कमजोर रहन सक्छ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। साँझमा रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६० र वैदेशिक कार्यमा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ४५, स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।   

मिथुन : स्वादिष्ट भोजन पाइनेछ। ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ। मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि पनि श्रेष्ठ समय रहेको छ।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८ र वैदेशिक कार्यमा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ६८, स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।   

कर्कट : न्यायिक कार्यमा सफलता मिल्नेछ। सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। अरुलाई प्रभावित पारेर पनि काम बन्नेछ। आजको मन्त्र: "दुवै पक्ष सुन्नु, अनि मात्र बोल्नु।"

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५ र वैदेशिक कार्यमा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ६४, स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।   

सिंह : कीर्तिमानी काम गर्ने समय छ। मान्यजनको सहयोग प्राप्त हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१ र वैदेशिक कार्यमा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ४८, स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।    

कन्या : दिन सामान्य नै रहनेछ। आफन्तजन सँग मनमुटाब बढ्नेछ। सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला। विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ। साँझमा भने राम्रो काम गरेमा सफलता पाउनु हुनेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७ र वैदेशिक कार्यमा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ६२, स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला : घरमा अतिथिको आगमन हुनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। महिला वर्गबाट विषेश सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ निलो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९ र वैदेशिक कार्यमा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ६७, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीको दर्शन गर्ने। निलो रङको प्रयोग नगर्ने।  

वृश्चिक : पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। राजनीति क्षेत्रमा जनताको गतिलै समर्थन पाइने योग छ।  

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४ र वैदेशिक कार्यमा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ५४, स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।     

धनु  : धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ। दाम्पत्य जीवन सुखमय हुनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। आजको मन्त्र: "गहिराइमै साँचो शक्ति लुकेको हुन्छ।"

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५ र वैदेशिक कार्यमा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ६४, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

मकर : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ। अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ तर साँझमा शुभ र नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८ र वैदेशिक कार्यमा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ५०, स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कुम्भ : नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। दिनको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३ र वैदेशिक कार्यमा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ६९, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।  

मीन : अधुरो काम र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्। आजको मन्त्र: "ढिलो भए पनि पहाड चढिन्छ।"  

भाग्यशाली रङ पहेँलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५१ र वैदेशिक कार्यमा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी शिक्षामा ५८, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६६, र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad