समाज


संविधान रक्षाका लागि बारले आज साँझ दीप प्रज्वलन गर्ने

संविधान रक्षाका लागि बारले आज साँझ दीप प्रज्वलन गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १३:४४, काठमाडौँ

कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले संविधानको रक्षा गर्न आज दीप प्रज्वलन गर्ने भएको छ।

बारका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले संविधानभित्र रहेर मुलुकलाई निकास दिनुपर्ने उद्देश्यका साथ आज साँझ ५ बजे दीप प्रज्वलन गरिने जानकारी दिए।

त्यसअघि अहिले १ बजे ‘जेनजी’ आन्दोलनमा मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्ने कार्यक्रम रहेको बताए।

उपत्यकाबाहिर र देशभरका बारहरूले सभाको आयोजना गरी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि र घाइतेको स्वस्थ्य लाभको कामना गर्ने जनाइएको छ।

साँझ ५ बजे दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण कानुन व्यवसायीलाई कालोकोटसहितको ड्रेसमा संविधानको पुस्तकसहित उपस्थित हुन बारले अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad