समाज


राशिफल २६ भदौ : कन्याको मन दोधार, धनुले अरूको मन जित्ने, तपाईँको के?

राशिफल २६ भदौ : कन्याको मन दोधार, धनुले अरूको मन जित्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
भदौ २६, २०८२ बिहिबार ४:४१, काठमाडौँ

आज बिहीबार, २६ भदौ २०८२ (११ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: लाभहानि, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। स्वादिष्ट परिकारको अवसर मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ र नयाँ काम वा रोजगार पाइनेछ। मनोरञ्जनमा सहभागी भइएला। आकस्मिक धनलाभको योग छ।

भाग्यशाली रङ: आकासे र अङ्क: ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ५८, यात्राको योग: ५१ र सम्पूर्ण भाग्याङ्क: ७४ प्रतिशत रहेको छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृष: स्वास्थ्यले साथ नदिन सक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। शत्रुपक्ष हावी हुन सक्नेछन्। सरकारी निकायको भय रहला। साँझबाट दैनिकी काम सहजै सम्पन्न हुनेछन्। वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यवसाय पनि फस्टाउनेछ।

भाग्यशाली रङ: रातो र अङ्क: ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ४०, यात्राको योग: ४९ र सम्पूर्ण भाग्याङ्क: ४४ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: कार्यसिद्धिको योग छ। आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मनमा हर्ष र उमङ्ग र उत्साह छाउनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ: रातो र अङ्क: ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ५०, यात्राको योग: ६८ र सम्पूर्ण भाग्याङ्क: ६१ प्रतिशत रहेको छ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट: भौतिक साधन जुटाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ नयाँ नयाँ कार्यको अवसर मिल्नेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

भाग्यशाली रङ: गुलाबी र अङ्क: ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ७२, यात्राको योग: ५१ र सम्पूर्ण भाग्याङ्क: ६३ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: नजिकको मित्रसँग भेटघाट हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ। प्रेमी प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ: पहेँलो र अङ्क: ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ५३, यात्राको योग: ७५ र सम्पूर्ण भाग्याङ्क: ६४ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कन्या: मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। प्रेमीप्रेमिकाबीच खिन्नता बढ्न सक्छ। विगतका गलत निर्णयले काममा झमेला आउला। काममा बाधा आउन सक्छ तर साँझमा मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ: हरियो र अङ्क: ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ४६, यात्राको योग: ४१ र सम्पूर्ण भाग्याङ्क: ४२ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

तुला: बन्धुबान्धवबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। मित्रबाट विशेष सहयोग मिल्न सक्छ। सामाजिक कार्यमा मन जाला। वाहन सुख मिल्नेछ। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ।

भाग्यशाली रङ: पर्पल र अङ्क: ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ६२, यात्राको योग: ५२ र सम्पूर्ण भाग्याङ्क: ६० प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। सामाजिक क्षेत्र र राजनीतिक कार्यमा सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

भाग्यशाली रङ: खैरो र अङ्क: ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ७०, यात्राको योग: ६६ र सम्पूर्ण भाग्याङ्क: ७९ प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: आफन्त र साथीभाइको साथ मिल्नेछ। सजिलै अरूको मन जित्न सकिनेछ। पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

भाग्यशाली रङ: निलो र अङ्क: २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ७२, यात्राको योग: ५६ र सम्पूर्ण भाग्याङ्क: ५६ प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मकर: सानातिना समस्यामा अल्झनुपर्नेछ। अध्ययन तथा अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ। प्रेममा मनमुटाव आउला। बुद्धिले काम नगर्न सक्छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ: खैरो र अङ्क: ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ६४, यात्राको योग: ६९ र सम्पूर्ण भाग्याङ्क: ४७ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कुम्भ: चिताएको कामले तीव्रता लिनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सामाजिक काममा सफलता प्राप्त हुनेछ। मनमा दुबिधा उत्पन्न हुनेछ। चोटपटकको भय छ।

भाग्यशाली रङ: सेतो र अङ्क: ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ५२, यात्राको योग: ५९ र सम्पूर्ण भाग्याङ्क: ७२ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन: रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सम्पन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

भाग्यशाली रङ: सेतो र अङ्क: ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता: ७२, यात्राको योग: ७१ र सम्पूर्ण भाग्याङ्क: ८० प्रतिशत रहेको छ। रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad