शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए।
बेहनाको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो। रासस

प्रतिक्रिया