समाज


बल प्रयोग र हत्याको जिम्मेवारी लिएर केपी ओलीले राजीनामा दिनुपर्छ : वर्षमान पुन

बल प्रयोग र हत्याको जिम्मेवारी लिएर केपी ओलीले राजीनामा दिनुपर्छ : वर्षमान पुन

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८२ सोमबार १९:४९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले जेनजीको प्रदर्शनमाभएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन्। 

ओलीको अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने उनको भनाइ छ। ‘जेनजी पुस्ताको आन्दोलनमा भएको बलप्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको नालायक सरकारले लिनुपर्छ’, पुनले भने, ‘यो परिस्थितिले उत्पन्न हुनुमा ओलीको अभिनायकवादी, निरंकुश र स्वइच्छाचारी प्रवृत्ति जिम्मेवार छ। घटनाले ओलीको असली चरित्र उदांगो पारेको छ। पदमा बस्ने नैतिकता गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्छ।’

उनले जेनजी पुस्ताले उठाएका जायज मागको समर्थन गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध आजै हटाउन पनि सरकारसँग माग गरे। 
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सामाजिक सञ्जालमा लगाइको बन्देज अस्वीकार्य भएको उनको भनाइ छ। 

शन्तिपूर्ण प्रर्दशन जनताको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पुनले प्रदर्शनकारी युवामाथि भएको अत्याधिक बल प्रयोग तथा दमनको स्वतन्त्र र न्यायिक छानबिनको माग गरे। 

पुनले आन्दोलनरत जेनजीलाई सार्वजनिक वा व्यक्तिका सम्पत्तिमाथि तोडफोड र आगजनी नगर्न अपिल पनि गरे। जेनजी मुलुकको भविष्य भएकाले समाजले संयमता र अनुशासनको अपेक्षा गरेको पुनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad