समाज


बानेश्वरको एनबी सेन्टरबाट घाइतेको गुहार- कृपया हामीलाई एम्बुलेन्स पठाइदिनुहोस्

बानेश्वरको एनबी सेन्टरबाट घाइतेको गुहार- कृपया हामीलाई एम्बुलेन्स पठाइदिनुहोस्

नेपालखबर
भदौ २३, २०८२ सोमबार १५:५५, काठमाडौँ

भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै जेनजीले बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनमा घाइते भएकाले आफूहरुको उद्धार नभएको गुनासो गरेका छन्। 

घाइते भएका ३ जना बानेश्वरको एनबी सेन्टरमा रहेको र उपचारका लागि उद्धार गर्न आफूहरुले सहयोग माग्दा पनि नपाएको उनीहरूले गुनासो गरेका छन्। 

‘स्कुल ड्रेसमा भएकी एकजना बहिनीलाई प्रहरीले गोली हानेको छ,’ एनबी सेन्टरमा रहेका एक व्यक्तिले भने, ‘हामीले एम्बुलेन्सलाई कति फोन गर्‍यौँ तर कोही पनि आएन।’

घाइतेहरुमध्य एकजनालाई ३ वटा गोली लागेको, एक जनालाई छातीमा गोली लागेको र एकजनालाई अश्रु ग्यासले लागेको बताइएको छ।

‘हामी एकदमै भयभित छौँ,’ उनले भने, ‘कृपया हामीलाई सहयोग गर्नुहोस्।’

अन्य घाइतेहरुले पनि आफूहरुले समयमै उपचार नभएको भन्दै उद्धारका लागि सहयोग मागेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad