भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै प्रदर्शनमा उत्रिएका जेनजीको प्रदर्शनका कारण बिहानैदेखि काठमाडौँको अवस्था तनावपूर्ण बनेको छ।
विशेषगरी माइतीघरदेखि बानेश्वरसम्मको प्रदर्शन स्थल तनावपूर्ण बनेको हो। प्रदर्शनका कारण त्यस क्षेत्रमा बिहानैदेखि यायायात पूर्णरुपमा ठप्प भएका छन्।
माइतीघरदेखि बानेश्वर, कोटेश्वरदेखि तीनकुने हुँदै बानेश्वर क्षेत्रमा सवारीसाधन चल्न पूर्णरुपमा अवरोध भएको छ।
प्रदर्शनकारीले बानेश्वरको निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्रै छिरेर आगजनी समेत गरेका छन्। प्रहरीसँगको प्रदर्शनकारीको झडप समेत भएको थियो।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरी अश्रु ग्याँस प्रहार थियो।
प्रहरीसँगको झडपपछि बानेश्वर क्षेत्रका प्रदर्शनकारी बिस्तारै तितरबितर भएका छन्। मुख्य सडक छोडेर प्रदर्शनकारी बिजुलीबजारको 'र्आकब्रिज' क्षेत्रमा केन्द्रित भएका छन्।

प्रतिक्रिया