कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी ४५ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ (साविक माङ्खा गाविस–८) का ७० वर्षीय जीवनाथ तिमल्सिना रहेका छन्।
तिमल्सिनाले २०३७ साल कात्तिक ७ गते माङ्खा गाविस–७ मा जित बहादुर तामाङलाई आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ।
तिमल्सिनालाई गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले आज (भदौ २२ गते) काठमाडौँको ताहाचलबाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा कैद भुक्तानको लागि कारागार कार्यालय, डिल्लीबजार चलान गरेको प्रहरीले जनाएको छ।
उनी अब २० वर्ष कैद बस्नुपर्ने छ।
273
Shares

प्रतिक्रिया