समाज


टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
भदौ २२, २०८२ आइतबार १९:११, काठमाडौँ

तनहुँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्लाको बन्दिपुर गाउँपालिका-१ नाहालास्थित सडकमा बा प्र ०६-००१ प ९२३३ नम्बरको मोटरसाइकललाई ग २ ख १५६१ नम्बरको टिपरले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कास्की रूपा गाउँपालिका-७ बस्ने ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad