दक्षिण कोरियामा कोरोना भाइरस ‘कोभिड १९’ को प्रभाव घट्न थालेको छ।
गएको २४ घण्टामा कोरियामा मात्र ८ जना कोरोना संक्रमित थपिए। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ।
सङ्क्रमणको दर उल्लेख्य रूपमा घट्न थालेपछि कोरियाली सरकारले त्यहाँ भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा गरेको छ।
आठ नयाँ सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ।
कुनै बेला चीनपछि एसियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले लकडाउन नलगाईकनै कोभिड–१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लिएको हो।
त्यहाँ हालसम्म कोरोनाका कारण १० हजार ६६१ बिरामी परेका छन्। २ सय ३४ को मृत्यु भएको छ। ८ हजार ४२ भने उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया