सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा बाढीले ५ घर बगाएको छ। बाढीले अन्य ६ घरमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ।
सोमबार खुम्बु पासाङल्हामु गाउँपालिकाले विज्ञप्ति जारी गर्दै आइतबार रातिदेखिको वर्षाका कारण थामे खोलाले धार परिवर्तन गरेर बस्तीमा प्रवेश गरेको जानकारी दिएको छ।
‘आइतबार रातिदेखिको वर्षाका कारण थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा आएको बाढीले पाँच घर बगाएको छ भने ६ घरमा क्षति भएको छ’ विज्ञप्तिमा भनिएको छ।
बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको पालिकाले जनाएको छ।
गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह पनि गरेको छ।
51
Shares

प्रतिक्रिया