कारोबार


युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य थप बढ्यो, कुवेती दिनार सस्तियो

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य थप बढ्यो, कुवेती दिनार सस्तियो

नेपालखबर
भदौ १७, २०८२ मंगलबार ५:१५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज पनि अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ। त्यसैगरि बहराइन दिनारको मूल्य पनि आज स्थिर छ।

तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केह िविदेशी मुद्राको मूल्य भने आज पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कुवेती दिनारको मूल्य भने आज घटेको छ। 

आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा स्थिर छ। 

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा छ। हिजो युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा थियो। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा छ। हिजो  अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ५० पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८३ र बिक्रीदर ४६२ रुपैयाँ ७९पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ९५ र बिक्रीदर ४६२ रुपैयाँ ९१ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा छ। हिजो र अस्ती पनि बहराइन दिनारको विनिमयदर यही थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad