सरकारले विशेष अदालतका अध्यक्ष र सदस्यहरू तोकेको छ।
न्याय परिषद्को परामर्शमा शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई तोकेको छ।
यस्तै सदस्यहरूमा उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगन्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई तोकेको हो।
विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा मन्त्रिपरिषद्ले तोक्ने कानुनी व्यवस्था छ।
साउन ३० गते बसेको न्याय परिषद् बैठकले नै परामर्श दिएको भए पनि २ सातापछि मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो।
विशेष अदालतमा विशेष गरी भ्रष्टाचासम्बन्धी मुद्दाको सुनुवाइ हुन्छ।
6.9k
Shares

प्रतिक्रिया