ad ad

समाज


लक्षण नै नदेखिई आमाबाट १७ छोराछोरीमा सर्‍यो कोरोना भाइरस

लक्षण नै नदेखिई आमाबाट १७ छोराछोरीमा सर्‍यो कोरोना भाइरस

नेपालखबर
बैशाख ६, २०७७ शनिबार १०:२७,

उनीसहित १७ छोराछोरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको द सनले जनाएको छ। जेनिकले १८ मध्ये परिवारविहिन अधिकाँश बालबालिकालाई छोराछोरीको रुपमा पालेकी छिन्।

अमेरिका हाल कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित देश हो। अमेरिकामा पनि न्युयोर्क ज्यादै प्रभावित क्षेत्र हो।

कोरोना भाइरसको लक्षण नै नदेखिई जेनिकबाट छोराछोरीमा कोरोनाको संक्रमण भएको चिकित्सकहरुले बताएका छन्।

कोरोनाको संक्रमण भएपछिको पाँच हप्तासम्म पनि जेनिकमा कोरोनाको लक्षण नदेखिएको र सोही अवधिमा उनीबाट छोराछोरीमा कोरोना सरेको जनाइएको छ।

आफूमा कसरी कोरोनाको संक्रमण भयो भनेर जेनिकलाई थाहा छैन। तर आफूसहित छोराछोरीमा कोरोना संक्रमण भएपछि उनी डरलाग्दो अवस्था सिर्जना भएको बताउँछिन्।

हाल उनीहरु सबैको उपचार भइरहेको छ। हाल अमेरिकामा ७ लाख १० हजार २७२ कोरोना संक्रमित छन्। त्यहाँ ३७ हजार १७५ को मृत्यु भइसकेको छ। एजेन्सी

 Many of the children were accidentally infected, reports say

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .