ad ad

समाज


धनगढी प्रयोगशालाले कोरोना संक्रमित भनेका रुकुमका २ जनाकाे स्वाब टेकुमा जाँच्दा नेगेटिभ

धनगढी प्रयोगशालाले कोरोना संक्रमित भनेका रुकुमका २ जनाकाे स्वाब टेकुमा जाँच्दा नेगेटिभ

नेपालखबर
बैशाख ६, २०७७ शनिबार १०:२८,

कैलालीको धनगढीस्थित प्रयोगशालामा पीसीआर विधिबाटै नमुना (स्वाब) परीक्षण गर्दा कोरोना रहेको रिपोर्ट आएका रुकुम पश्चिमका दुई व्यक्तिमा अन्ततः संक्रमण नभएको पुष्टि भएको छ।

भारतबाट फर्किएका ती दुई पुरुषको नमुना काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पुनः परीक्षण गराउँदा नतिजा नेगेटिभ अर्थात् कोरोना संक्रमण नरहेको आएको हो।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले टेकुको प्रयोगशालाबाट ती दुई जनामा कोरोना नरहेको रिपोर्ट आएको पुष्टि गरे।

‘धनगढी प्रयोगशालामा परीक्षण गर्दा कोरोना रहेको रिपोर्ट आएको थियो,’  प्रमुख जिल्ला अधिकारी पौड्यालले शनिबार दिउँसो नेपालखबरसँग भने, ‘तर टेकुबाट आएको रिपोर्टले उनीहरूमा कोरोना भाइरस संक्रमण नरहेको पुष्टि गरेको छ।’

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६, का ३६ वर्षीय र वडा नम्बर ७ का ३७ वर्षीय पुरुषको नमुना यसअघि कैलालीको धनगढीस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने त्यहाँको नतिजाले कोरोना रहेको देखाएको थियो।

तर शंका लागेर उनीहरूको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएको थियो। यहाँको परीक्षणबाट दुवै जनामा कोरोना नरहेको नेगेटिभ रिपोर्ट आएको हो।

टेकु प्रयोगशालाबाट ती युवकको परीक्षण नतिजा शुक्रबार राति जिल्लामा आइपुगेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए।

ती युवक अहिले पश्चिम रुकुमको चौरजहारी कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत रहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए। कोरोना संक्रमण नभएको पुष्टि भएकाले अब उनीहरूलाई चाँडै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .