समाज


बंगाल खाडीको वायुले लगातार वर्षा, कहिले रोकिएला?

काठमाडौँ उपत्यकामा १५ घण्टादेखि पानी पर्ने क्रम जारी
बंगाल खाडीको वायुले लगातार वर्षा, कहिले रोकिएला?

नेपालखबर
भदौ १२, २०८२ बिहिबार ९:२१, काठमाडौँ

काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा गएरातिदेखि लगातारजसो वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार मधेस प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका अधिकांश स्थानमा गएरातिदेखि पानी परिरहेको हो। 

काठमाडौँ उपत्यकामा १५ घण्टादेखि वर्षा जारी
मौसमविद् ढकालका अनुसार काठमाडौँ उपत्यकामा बुधबार बेलुका ६ बजेदेखि लगातारजसो वर्षा भइरहेको छ। 

‘बीचमा एक घण्टाजति रोकियो कि, नत्र उपत्यकामा बेलुका ६ बजेदेखि निरन्तर पानी परिरहेको छ’, उनले बिहीबार बिहान ९ बजेतिर नेपालखबरसँग भने, ‘कहिले सिमसिम, कहिले अलि ठूलै पानी परिरहेको छ। हाम्रो कार्यालय (मौसम विभाग) रहेको विमानस्थल क्षेत्रमा त भारी वर्षासमेत भएको छ।’

उनका अनुसार आज काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम छ। 

‘बीचमा कुनै बेला घाम देखिने सम्भावना पनि छ तर त्यो सम्भावना कम छ’, मौसमविद् ढकालले भने, ‘यसबाहेक आज दिनभर पनि काठमाडौँ उपत्यकामा मौसम बदली र वर्षा जारी रहने देखिन्छ।’

अहिलेसम्मको अवस्थामा वर्षाका कारण यहाँको विमानस्थलबाट हुने उडानमै समस्या भने नहुने उनको भनाइ छ। 

‘तर वर्षा बढ्दै जाँदा पारदर्शिता कम हुन सक्छ’, उनले भने। 

बंगाल खाडीको वायुले मनसुन सक्रिय 
बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाका कारण नेपालमा मनसुन केही सक्रिय भएको मौसमविद् बताउँछन्। 

‘बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाका कारण नेपालमा मौसम बदली र वर्षा केही बढेको हो’, मौसमविद् ढकालले भने, ‘आज दिनभर र राति पनि वर्षा जारी नै रहने देखिन्छ, भोलि (शुक्रबार) भने केही कम हुने सम्भावना छ।’

यसको अर्थ भोलि मौसम बदली र वर्षा नहुने भन्ने होइन। ‘आजको जत्ति नै चाहिँ भोलि हुने सम्भावना नदेखिएको मात्र हो’, उनले भने। 

यस्तो छ, मौसम महाशाखाद्वारा जरी ३ दिनसम्मको मौसम प्रक्षेपण:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad