दक्षिण कोरियाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रका अनुसार कोरियामा कोरोनाको उपचारपछि स्वस्थ बनेका संक्रमितहरुमा फेरि कोरोना भाइरसको सक्रमण देखिन थालेको छ।
कोरोनाको उपचारपछि स्वस्थ बनेका १ सय ६३ जनालाई पुनः कोरोनाको संक्रमण देखिएको केन्द्रले जानकारी दिएको छ।
कोरियामा मात्र नभएर चीनमा समेत स्वस्थ बनिसकेका मानिसहरुमा कोरोनाको संक्रमण देखिएको सीएनएनले उल्लेख गरेको छ।
दक्षिण कोरियास्थित रोग रोकथाम तथा नियन्त्रण केन्द्रका निर्देशक क्वन जुन–वुक भन्छन्,‘कोरोना भाइरस हालैको दशकमा मानव जातिको सबैभन्दा ठूलो चुनौती हो। यो ज्यादै अप्ठेरो दुश्मन हो।’
कोभिड १९ नयाँ भाइरस भएको र यसको प्रभावको बारेमा अझै आंकलन गर्न नसकिएकाले यस भाइरस फेरि स्वस्थ बनिसकेका मानिसमा देखिएको उनको भनाइ छ।
चीनका विज्ञ झोङ नान्सन पनि यस विषयमा चिन्ता व्यक्त गर्दछन्। कोरोनाको उपचारपछि मानिस स्वस्थ बनेपनि भाइरसको केही हिस्सा मानव शरीरमै रहने उनले गतहप्ता बताएका थिए।
विज्ञहरुले कोरोनाबाट बच्न डब्लूएचओको सुझावको पालना गर्नुपर्ने जोड दिएका छन्। हात धुन, सरसफाइमा ध्यान दिन, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्न, स्यानिटाइजर प्रयोग गर्न चिकित्सकहरुको सुझाव रहेको छ।
प्रतिक्रिया